भदौ १० गतेबाट काठमाडौंको भृकुटीमन्डपमा हुने नाडा अटो शो २०१९ मा स्टल बुकिङ कार्य भैरहेको छ । अहिलेसम्म शो का लागि १२५ वटा स्टल बुक भइसकेका छन् ।
नाडा शोमा साना ठुला गरि करिब ९५ वटा कम्पनिको सहभागिता रहनेछ । २३ वटा चार पाङ्ग्रे सवारीका कम्पनिहरुले अटो शोमा भाग लिने भएका छन् । बीवाइडी र दाय कम्पनिका नयाँ इलेक्ट्रीक गाडिहरुको स्टल यो बर्ष रहने आयोजकले जनाएको छ ।
अटो शोमा पार्ट्स र लुब्रिकेन्टका ६५ वटा स्टल तथा दुइ पाङ्ग्रे सवारीका २० वटा स्टल रहनेछ । यो बर्षको शोमा १२ वटा बैंकको स्टल रहने शोका जनरल म्यानेजर केशव खत्रीले बताए ।
भृकुटिमण्डपको बगैँचामा समेल स्टल रहने शोमा फुड स्टलहरु पनि रहनेछन् ।