आइशरले ल्यायो “सोचेझैं दशैं तिहार, रोजेझैं उपहारः सुनको बहार, बम्परमा कार” योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 06:32:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ आइशर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने योजनाको घोषणा गरेको छ ।

७० भन्दा बढी देशहरूमा फैलिएको आइशर, भोल्भो र आइशरको संयुक्त परियोजनामा बिबिध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ । 

हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशै भर ब्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ । 

आफ्ना उपभोक्ताहरूसँग खुशी साटासाट गरि चाडपर्वको उत्सव मनाउँन BATAS MAW COMMERCIAL VEHICLE (बी.एम.सी.वी.) ले दशैं तिहार स्कीमको घोषणा गरेको हो । यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउँने अवसर प्रदान गर्ने भएको छ ।

यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै चालकलाई रू. ५ लाख र रू. २५ लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस दशैं तिहार योजनाको थप जानकारीको लागि नजिकैको ब्रान्च, डिलर तथा टच पोइण्ट  वा ९८०२३११६४५ मा सम्पर्क गर्न सकिने कम्पनीको भनाई छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved