नेपाल लाइफको 'तिमी यो दशैंमा के गर्छौ ?' नामक टिकटक, पहिलो हुनेलाई ३० हजार नगद पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 03:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै अग्रणी एवम् सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । 

'तिमी यो दशैंमा के गर्छौ?' नामक यस टिकटकको जिङ्गलमा ९ सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३  प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ । प्रथम हुनेलाई नगद रु. ३० हजार, द्वितियलाई रु. २०  हजार र तृतीयलाई रु. १० हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । 

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गरिने बताए 

जिंगलको लिङ्क : https://vt.tiktok.com/ZSN6GFKjC/

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved