वेस्टर्न युनियनको 'दशैंमा १० गुणा' योजनाका विजेतालाई नगद हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 04:24:34 PM मा प्रकाशित

laxmi  sunrise bank

वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैँ लक्षित 'दशैंमा १० गुणा' योजनाकी विजेता, इटहरी निवासी होमा देवी पान्डे नगद हस्तान्तरण गरेको छ ।  योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी हुन्। 

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैं, तिहार र छठलाई लक्षित गरी “दशैँमा १० गुणा”अभियान शुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए । 

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले  नेपालीहरुलाई  सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved