बुक विल्डिङ्गको निर्देशिका त्रुटीपूर्ण, यसरी हुदैछ लगानीकर्तालाई अन्याय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 11:17:38 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्नको लागि ल्याएको निर्देशिकाको केहि प्रावधान त्रुटीपूर्ण भएको पाईएको छ।

विश्लेषक मुक्ति अर्यालले बोर्डले जारि गरेको निर्देशिका त्रुटीपूर्ण रहेको र यसले बुक विल्डिङ्गको उदेश्य पुरा नहुने बताएका हुन् । उनले निर्देशिका बुक विल्डिङ्गको भाबना बिपरित रहेको र यसमा समेटिएका केहि प्रावधान त्रुटीपूर्ण रहेकोले त्यसले लगानीकर्तालाई अन्याय हुने बताएका हुन्।

उनका अनुसार बोर्डले ल्याएको निर्देशिकाले बुक विल्डिङ्ग विधिको नाममा डच अक्सन विधि अनुसरण गर्न खोजेको छ । उनी भन्छन् ' बुक विल्डिङ्ग विधि र डच अक्सन विधि दुवै नितान्त फरक फरक विधि हुन्, यी एक अर्काको परिपुरक होइनन् तर निर्देशिकाको ब्यबस्था डच अक्सनसँग मिल्न गएको छ' । उनका अनुसार बोर्डले निर्देशिकामा गरेको शेयरको कट अफ मूल्य निर्धारणको विधि बुक विल्डिङ्गको नभई डच अक्सनको हो । बुक विल्डिङ्गमा कटअफ-मूल्यको निर्धारण आसय मूल्यको भारित औसत निकालेर गरिन्छ तर निर्देशिकाले डच अक्सनको विधिबाट कटअफ-मूल्य निर्धारण गर्ने भनेको छ। जसरी कटअफ मुल्य भन्दा माथि रहेका आवेदकहरुलाई पूर्ण तर कटअफ मुल्यमा रहेका आवेदकलाई समानुपातिक रुपमा शेयर बाँडफांड गर्ने भनिएको छ, त्यो अन्यायपूर्ण हुने उनी बताउछन् ।

बोर्डले निर्देशिकालाई थप परिस्कृत बनाउनको लागि सबै तिरको सुझाव समेट्न खोज्दा मिश्रित ब्यबस्था समावेश गरेको र यसले अन्योल सिर्जना गरेको उनको भनाई छ । केहि ब्यबस्थाहरु नेपालको कानुन सुझाउँदो बनाउनु स्वभाविक रहेपनि बुक विल्डिंग विधिको मूल मर्म नै परिवर्तन गर्न नहुने उनको तर्क छ। उनी भन्छन् 'बुक विल्डिङ्ग विश्वभर प्रयोगमा भएर खारिएर आएको एक चुस्त मूल्य निर्धारण विधि हो, त्यसको ब्यबस्थालाई परिमार्जन गर्न खोजे यसले सहज रुपमा काम गर्न सक्दैन'। चुस्त र दक्ष प्रमाणित भईसकेको विधिलाई आफु अनुकुल ब्यबस्था थपघट गर्नु उचित र प्रभाबाकारी नहुने उनको भनाई छ। उनका अनुसार निर्देशिकाका धेरै व्यवस्थाले नियमन भन्दा नियन्त्रण गर्न खोजेको देखाउछ। निर्देशिकाका बुक विल्डिङ्ग विधिलाई अनाबश्यक रुपमा जटिल र कठिन बनाएको उनको राय छ।

बोर्डको साउन २२ गते बसेको संचालक समितिको बैठकले निर्देशिका लागु गरेको हो । निर्देशिकामा बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्दा कसरी मूल्य सीमा निर्धारण गर्ने, कसरी मूल्य तय गर्ने लगायतका ब्यबस्था छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved