
सेयर बजार परिसूचक नेप्सेमा पनि दोहोरो अंकको गिरावट आएको छ । नेप्से आज १८.२६ अंकले घटेर २११२.४७ को बिन्दुमा आईपुगेको छ ।
सूचक घटेपनि कारोबार रकम भने बढेको छ । ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर किनबेच हुँदा आज १ अर्ब १६ करोडको कारोबार भएको छ ।
घटेको बजारमा पनि बलेफी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।