
सिद्धार्थ बैंकले बजारमा चलाईएको हल्ला आधिकारिक नभएको स्पष्टिकरण दिएको छ। बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मर्जर एवीजिशन सम्बन्धि फैलाईएका समाचारमा आधिकारिकता नभएको जानकारी गराएको हो।
कम्पनी सचिव लक्ष्मण घिमिरेले हस्ताक्षर गरि जारि गरिएको विज्ञप्तिमा ‘यस बैंक र अनय कुनै बैंक तथा वित्तीय संस्था बीचमा मर्जर एक्वीजिशन सम्बन्धी फैलाईएको समाचार तर्फ यस बैंकको ध्यानाकर्षण भएको छ। तयस्ता समाचारहरुमा कुनै आधिकारिकता नरहेको व्यहोरा सम्पुर्ण सरोकारवालाहरुलाई जानकारी गराईन्छ।’ उल्लेख गरिएको छ।
बिहिबार सिद्धार्थ बैंक र एनआईसी एशिया बैंक मर्जरमा जाने हल्लाले यी दुई बैंकको सेयर कारोबारमा उछाल आएको थियो। एनआईसी एसिया बैंकको सर्वाधिक २१ करोड ७४ लाख तथा सिद्धार्थ बैंकको ८ करोड ३५ लाख बराबरको कारोबार भएको हो। हल्ला कै कारण आज एनआईसी एसिया बैंकको शेयर मूल्य ५.१२ प्रतिशत गिरावट र सिद्धार्थ बैंकको शेयर मूल्य ८.३४ प्रतिशतको वृद्धि भएको थियो।