१२ को परीक्षा दिएका विद्यार्थीहरुलाई ज्योति क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 06:31:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति क्यापिटलले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि शेयर बजारतर्फ आकर्षित गरी सम्पन्न बनाउन कम्पनीले उक्त योजना ल्याएको बताएको छ । 

योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउने छन् ।  ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा क्लिक गरी खोल्न सकिनेछ । 

उक्त योजना आगामी बैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म ज्योति क्यापिटल तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved