दोहोरो अंकले बढ्यो नेप्से, १४४ कम्पनीको मुल्य बढ्दा ८३ को घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 03:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank


मंगलबार पनि शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ११.२२ अंकले बढेर १ हजार ८ सय ५८.७६ बिन्दुमा पुगेको हो । यसअघि सोमबार नेप्से २१ अंकले बढेको थियो ।

आज कारोबारमा आएका २८५ कम्पनीका ४३ लाख ३१ हजार २ सय २९ कित्ता शेयर खरिद बिक्रीबाट ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । आज हिमालयन बैंकको संस्थापक सेयर सर्वाधिक ९ करोड १६ लाखको कारोबार भएको छ भने माछापुच्छे बैंकको ६ करोड ३८ लाख र सोनापुर मिनरल्सको ५ करोड ९२ लाखको कारोबार भएको छ ।

आज लक्ष्मी लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ भने सोनापुर मिनरल्सको शेयर मूल्य ५.२८ प्रतिशतले बढेको छ । त्यस्तै सिटीजन लाईफ इन्स्योरेन्सको शेयर मूल्य ५ प्रतिशतले बढेको छ । आज स्वाभिमान लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.२६ प्रतिशतले घटेको छ ।

आज १४४ कम्पनीको सेयर मुल्य बढेको छ भने ८३ को घटेको र १२ को स्थिर छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved