लगातार तेस्रो दिन पनि बढ्यो नेप्से सुचक, कारोबार रकममा भने कमी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 03:54:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार पनि सेयर बजार बढेको छ । यसअघि सोमबार ११ अंक र मंगलबार २१ अंकले बढेको बजार बुधबार ५.१७ अंकले बढेर नेप्से सुचक १८६३.९४ को विन्दुमा कायम भएको छ ।

सुचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ९९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बजारमा बुधबार ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँको सेयर कारोबार भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढ्दा ९३ को घट्यो भने २२ को स्थिर रह्यो । 

आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै अर्थात ८.०७ प्रतिशतले बढेर प्रतिकित्ता ८७० रुपैयाँ पुगेको छ । त्यस्तै पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल एमबिआई बैंक लिमिटेडको शेयरमूलय  ७ प्रतिशत भन्दा बढिले बढेको छ ।  

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मुल्य आज ६.३८ प्रतिशतले घटेको छ । त्यस्तै कारोबार रकम बढी हुनेमा भने सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेड रहेको छ । यस कम्पनीको आज ५ करोड ६१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved