उच्च अंकले बढ्यो शेयर बजार, २०९ कम्पनीको शेयर मुल्य बढ्दा ६ कम्पनीमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 03:16:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २७.९० अंकले बढेर २०५८  को बिन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका ३०६ कम्पनीका १ करोड ५ लाख ४९८ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँ ५९ पैसाको कारोबार भएको छ । जसमध्ये सोनापुर सिमेन्टको सर्वाधिक २६ करोड ६१ लाखको कारोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको २३ करोड ३४ लाखको कारोबार भएको छ भने आईएमई लाईफ इन्स्योरेन्सको १५ करोड ६७ लाख तथा एनआरएन इन्फास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड ४० लाखको कारोबार भएको छ ।

आज छ कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । २०९ कम्पनीको शेयर मुल्य बढेको बजारमा दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड, पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपाव् डेभलपमेन्ट  कम्पनी लिमिटेड, सोनापुर सिमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, अन्य पाँच कम्पनीको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

त्यस्तै लक्ष्मी लघुवित्तको शेयर मूल्य सर्वाधिक बढी ५.१० प्रतिशतले घटेको छ । आज ३० कम्पनीको शेयर मुल्य घटेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved