अन्तत घटेर बन्द भयो शेयर बजार, कारोबार रकममा वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 03:17:30 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज उतारचढावका बीच नेप्से सूचक ८.७१ अंकले घटेर २०४९.२८  को बिन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका ३०३ कम्पनीका १ करोड ६० लाख ५२ हजार १०१ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँ ७० पैसाको कारोबार भएको छ । यसअघि बुधबार २७ अंकले बढेको बजारमा ४ अर्ब ४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । 

यसदिन सोनापुर सिमेन्टको सर्वाधिक ३३ करोड ४५ लाखको कारोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको १९ करोड ४८ लाखको कारोबार भएको छ भने माउन्टेन इनर्जी नेपाल लिमिटेडको १८ करोड ६४ लाख तथा एनआरएन इन्फास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड २९ लाखको कारोबार भएको छ ।

आज दुई कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । ११३ कम्पनीको शेयर मुल्य बढेको बजारमा कालिका पावर कम्पनी लिमिटेड र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर मुल्य १० प्रतिशतले बढेको हो । त्यस्तै अन्य तन कम्पनीको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक बढी ६।५६ प्रतिशतले घटेको छ । आज १२८ कम्पनीको शेयर मुल्य घटेको हो ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved