१५९ कम्पनीको शेयर मुल्य घट्दा पाँच कम्पनीको शेयर मुल्य करिब १० प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 03:13:04 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार आज नेप्से सुचक २६.३६ अंकले घटेर २०२२.९२ को बिन्दुमा सीमित भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१६ अंकले घटेर ३७३ को बिन्दुमा आइपुगेको छ ।

आज कुल १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँ ८५ पैसाको कारोबार भएको छ । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । कम्पनीको २८ करोड ५६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

त्यस्तै हाथवे इन्भेष्टमेन्टका १९ करोड ९४ लाख रुपैयाँ, माउन्टेन इनर्जी नेपाल लिमिटेडको १५ करोड ९० लाख, एनआरएन इनफास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड ६८ लाख र सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

आज १५९ कम्पनीको शेयर मुल्य घटेको छ भने ८१ कम्पनीको शेयर मुल्य बढेको छ । तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । मुक्तिनाथ कृषि कम्पनी ९.९९ प्रतिशत, नेपाल वेयरहायजिङ्ग कम्पनीको  ९.८८ प्रतिशत साथै धौलागिरी लघुवित्त वत्तीय संस्था र सिंगटी हाइड्रो शेयर मुल्य ९.९६ प्रतिशतले बढेको छ । 

यता, मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य ६.६९ प्रतिशतले घटेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved