शेयर बजार ३६ अंकले बढ्यो, चार कम्पनीमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 03:09:07 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । उतारचढावकाबीच सोमबार नेप्से सुचक ३६.५७ अंकले बढेर २०५९.४९ को बिन्दुमा पुगेको छ  । यसअघि आइतबार आज नेप्से सुचक २६.३६ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२७ अंकले बढेर ३७७.२८ को बिन्दुमा आइपुगेको छ ।

आज कुल १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ २८ पैसाको कारोबार भएको छ । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । कम्पनीको २१ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

त्यस्तै माउन्टेन इनर्जी नेपाल लिमिटेडको १९ करोड ३६ लाख, हाथवे इन्भेष्टमेन्टका १६ करोड ५५ लाख रुपैयाँ, एनआरएन इनफास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १४ करोड ४६ लाख र नेपाल इनफास्ट्रक्चर बैंकको ११ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

आज २९ कम्पनीको शेयर मुल्य घटेको छ भने २१२ कम्पनीको शेयर मुल्य बढेको छ । आज चार कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य एघार कम्पनीको मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड, मोदी इनर्जी लिमिटेड, त्रिशुली जलविद्युत कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहेका छन् ।  

यता, नारायाणी डेभलपमेन्ट बैंकको शेयर मुल्य ५.४६ प्रतिशतले घटेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved