
मंगलबार शेयर बजार परिसूचक उच्च अंकले बढेको छ । बजार बढेसँगै बीमा कम्पनीहरुको शेयर मूल्यमा पनि बढोत्तरी आएको छ ।
५८.५८ अंकले बजार बढदा सूचिकृत सबै बीमा कम्पनीहरुको शेयर भाउ बढेको छ । आज समग्रहमा जीवन बीमाको उपसूचक ५.४४ प्रतिशतले बढेको हो । अन्य क्षेत्रको भन्दा धेरै आज जीवन बीमा कम्पनीहरुको उपसूचक बढेको छ ।
यसैगरी निर्जीवन बीमा कम्पनीहरुको उपसूचक ३.१५ प्रतिशतले बढेको छ । यस दिन जीवन तर्फ रिलायबल लाईफ नेपालको शेयर मूल्य धेरै बढेको छ । रिलायबल ७.३१ प्रतिशतले वृद्धि हुँदा हिमालयन लाईफ ७.३० अंकले बढेको छ ।
यसैगरी, प्रभु महालक्ष्मी ७.२१, सन नेपाल ६.७४, सानिमा रिलायन्स ६.६७ र सूर्यज्योति ६.५४ प्रतिशतले बढेको छ ।
निर्जीवन तर्फ सबैभन्दा धेरै नेपाल ईन्स्योरेन्सको शेयर मूल्य वृद्धि भएको छ । नेपाल ईन्स्योरेन्स ५.२० प्रतिशतले बढ्दा प्रभु ईन्स्योरेन्स ४.८०, यूनाईटेड अजोड ४.०५, सलिको ३.९८ र हिमालयन एभरेष्ट ३.५५ अंकले बढेको छ ।
पुनर्बीमा तर्फ हिमालयन रि २.४२ र नेपाल पुनर्बीमा २.२४ प्रतिशतले बढेको छ ।
कुन इन्स्योरेन्स कम्पनीको शेयर मूल्य कति बढ्यो :