सिद्धार्थ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 06:37:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटलले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको सहकार्यमा नेपालगन्ज बहुमुखी क्याम्पस, सुर्खेत रोड नेपालगन्जमा कार्यक्रम सम्पन्न गरेको हो । 

विश्व वित्तीय सप्ताह, २०२४ को अवसरमा, विद्यार्थीहरुमा उचित लगानीको निर्णय लिन आवश्यक पर्ने शीपको विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । 

कार्यक्रममा  करिब ७० जना बिद्यार्थीको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले गरेका थिए । उनले विद्यार्थीहरुलाई  शेयर बजारका आधारभुत कुराको जानकारी गराई लगानीको महत्वबारे प्रकाश पारेका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved