नेक्सजेनका ग्राहकलाई गरिमा क्यापिटलले पुँजीबजार सम्बन्धी सेवा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 06:30:16 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता भएको छ । क्यापिटलको प्रधान कार्यालयमा बुधबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेनका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । 

“हरेक नेपाली शेयरधनी” भन्ने मूल नारालाई आत्मसाथ गर्दै सम्पन्न सम्झौता अनुसार क्यापिटलले नेक्सजेनका ग्राहकवर्गहरुलाई पुँजी बजारसंग सम्बन्धित सेवाहरु आवश्यकता अनुसार प्रदान गर्ने जनाइएको छ । व्यवसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थाहरुलाई पुँजी बजारमा सहज, सुरक्षित, र भरपर्दो रूपमा सेवाहरु प्राप्त गर्न सहयोग पु¥याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पु¥याउनेछ भन्ने विश्वास गरेका लिएको क्यापिटलले जनाएको छ ।

नेक्सजेन कम्पनी रजिष्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो । पुर्व बैंकर लगायत विज्ञ व्यक्तिहरु संलग्न कम्पनीले सम्पत्ती व्यवस्थापन लगायत व्यवसायिक परामर्शको कार्य गर्दै आएको छ ।

क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved