सलिकोको १ लाख १४ हजार कित्ता संस्थापक सेयर विक्रीमा, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 11:47:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)कोे संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले कुमारी बैंकको स्वामित्वमा रहेको १ लाख १४ हजार ६१२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । 

सेयर प्रति कित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् ।

इच्छुक विद्यमान संस्थापकहरुले जेठ १ गते भित्र बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर २७५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरिदको लागि आवेदन दिन चाहेमा भिन्दा भिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कवुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्यमा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । निष्काशन गरिएको शेयरका लागि लिलाम बढाबढ गर्दा सबै शेयर खरिदका लागि दरखास्त नपरे पनि निवेदन परेको शेयर सम्बन्धित निवेदकलाई बांडफांड गरी बाँकी रहेको शेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्न सकिने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved