प्रचण्डले जुराइदिए अर्की दुलही

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 05, 2017 | 08:44:40 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रचण्ड निवास लाजिम्पाटको दृश्य हो, अस्ति सोमबारको । एकजना बेहुली थिइन्, अर्का बेहुला । उनीहरु पहिलोचोटी बेहुला–बेहुली बनिरहेका थिएनन् । बरु, नयाँ र कसिलो सम्बन्ध स्थापित गर्न पार्टीका सुप्रिम कमाण्डरकै घरमा जुटेका हुन् । जनवादी परम्पराअनुसार एकआपसमा बाँधिएर बिदा भएका हुन् ।

त्यो त अब प्रचण्डाको घरमा विवाह गरिहाल्नपर्ने कोही सदस्य बाँकी छैनन् । तर, सोमबार दुबैतिरको अभिभावक बन्दै एउटा सम्बन्ध जोडिदिएका छन् । सिन्धुपाल्चोक, चैतारा साँगाचोकगढी नगरपालिकामा हालै उपमेयर जितेकी जानुका पराजुली र प्रचण्डकै सचिवालयमा काम गरेका मनोहरी तिम्सिनाबीच सम्बन्ध बनाइएको थियो, त्यहाँ । प्रचण्ड प्रधानमन्त्री छँदै पत्नीको तनावले सचिवालयबाट राजीनामा लेखी केही समय विरक्तिएर हिँडेका उनले पूर्वपत्नीसँग सम्बन्धबिच्छेद गरिसकेका छन् । तत्काल नयाँ सम्बन्ध बनाउने योजना थिएन । तर, विरक्तिएर हिँड्ने मान्छे कहाँ पुगेर कतिबेला कुनै अप्रिय निर्णयमा पुग्ला भन्ने चिन्ता लाजिम्पाटलाई भइरह्यो । आफ्ना छोराछोरीहरुको झैँ सचिवालयका मान्छेको चिन्ता गर्ने र सकभर टिट्टै लगनगाँठो जुराइहाल्ने व्यक्ति हुन् प्रचण्डपत्नी सीता ।

उनकै पहमा कुरा भएको हो, जानुकासँग । जानुका दोलखाका माओवादी नेता विशाल खड्काकी पूर्वपत्नी हुन् । २०६३ मंसिरमा उनीहरुबिच विवाह भएको थियो । तर, केही वाषर््मै छुटे । उनीहरुबिच गर्भपतन गराएको विषयमा समस्या आएको बताइन्छ । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved