जब अदालत परिसरमा नेताले प्रहरी पिट्न थाले …

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 15, 2017 | 09:41:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाको नेतृत्वमा गएको समूहले अदालतको सुरक्षामा खटिएका प्रहरी जवानमाथि हातपात गरेको छ । मुख्य निर्वाचन कार्यालय मार्तडीको सुरक्षार्थ खटिएको बेला उनीमाथि हातपात भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्रोतले बताएको छ ।

हातपात भएका प्रहरी सामान्य घाइते छन् । नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा आफैं उनीमाथि जाइलागेको प्रत्यक्षदर्शीले बताएका छन् । बूढीगंगा नगर कार्यसमितिका लागि नेपाली कांग्रेसले बूढीगंगा नगरपालिका नगर सदस्यका लागि दलित समावेशी कोटाबाट नन्दलाल विक र जनजाति कोटाबाट मंगल थापाको मनोनयन दर्ता गरेको थियो ।

विक सप्रोस नेपालको जागिरे र थापा जनजाति नभएको भन्दै एमालेले उनीमाथि दाबी विरोध गरेको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved