लमजुङमा गाईभैंसीलाई पनि सत्केरी भत्ता दिन थालिएको छ । पशु स्याहारका लागि प्रदान गरिएको यो सुत्केरी भत्तदाले किसानलाई खुसी बनाएको छ ।
जिल्ला पशु सेवा कार्यालय लमजुङले जिल्लाका ५० वटा गाईभैंसीलाई दुई हजार पाँच सय रुपियाँका दरले सतकेरी भत्ता दिएको हो ।
आ.व.२०७३, ७४ मा पहिलोपटक ५० वटा गाईभैंसीले यस्तो सुविधा पाएका हुन् । आफ्नोगोठमा उत्पादन गरिएको उन्न नश्लको बाच्छी पाडीको पहिलो बेतमा यो सुत्केरी भत्ता दिईएको हो । आजको गोरखापत्र दैनिकमा खबर छ ।