फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 12:17:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नवनियुत्त ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका छन्।

कम्पनीका अनुसार नवनियुक्त सिओओ ठकुरीसँग नबिल बैंकमा  १८ वर्ष भन्दा धेरै काम गरेको अनुभव रहेको छ । ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । ठकुरीसँग सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्ष भन्दा बढिको अनुभव छ । उहाँको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पग्ने अपेक्षा गरिएको छ ।  

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि.टु.वान(PCIDSSv3.2.1) प्रमाणीकरण प्राप्त संस्था हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved