आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क टिकट पाउने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 05:37:19 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । 

आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्र मार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निशूल्क उडान टिकट पाउनेछन् ।

हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको देखिन्छ । यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको हो ।

निशूल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरू रहेका छन् । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास लिइएको छ ।

आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउने छन् । यो अफर सिमित अवधिको लागि मात्र चल्ने छ । अफर अवधि भरी ४ जना भाग्यशाली बिजेताहरु छानिनेछन्, जस मध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तब्य मध्ये एउटा रोज्न पाउनेछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved