अब पर्यटकले पनि नेपालमा ’क्यूआर’ बाट भुक्तानी गर्नसक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2022 | 01:22:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भिसा नेटवर्कमा जोडिएका पर्यटकले अब नेपाल आउँदा ‘क्यूआर कोड’ बाट वित्तीय कारोबार गर्न पाउने भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी फोनपेले ‘नयाँ क्यूआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो ।

फोनपे र भिसाको कारोबारलाई सहज बनाउनको लागि नबिल बैंकले सहकार्य गरेको छ । फोन पेले भिसासँग सहकार्यमा भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा ’क्यूआर’ बाट भुक्तानी गर्न सक्ने गरी क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पु¥याएको छ ।

फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भिसासँगको सहकार्यसँगै मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल भएका विदेशी पर्यटकहरुले फोनपेको क्यूआर कोड मार्फत भुक्तानी सजिलै गर्न सक्ने बताए । उनले विदेशीबाट नेपालमा घुम्नको लागि आउने भिसा कार्ड होल्डर पर्यटकहरुले अब फोनपेले बनाएको क्यूआरबाटै भुक्तानी गर्न सक्ने भएको बताए । सापकोटाले भिसा डिजिटल मार्केटमा ख्याती प्राप्त सुक्षित ब्राण्ड भएकाले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए  ।

उनले भने,‘ नेपालमा फोन पेले जे काम गरिरहेको छौं । जुन साना–साना पसल देखि ठूला ठूला होटलमा क्युआर कोड मार्फत भुक्तानी गर्ने गरिएको थियौं । तर,फोन पे ले जब बाहिरबाट हाम्रो देशमा मान्छेहरु घुम्न वा जे गर्न आए पनि उहाँहरुसँग होटलमा भुक्तानीको लागि कार्ड वा क्यास पैसा बोक्नु पर्ने थियो । कार्ड भए पनि सिमित स्थानमा मात्रै डिजिटल कार्डको प्रयोग हुने गरेको थियो । जस्तो नेपालको काठमाडौंका ठूला ठूला मार्केट,रेस्टुरेण्ड,होटलहरुमा मात्रै थियो । अब भिसासँगको सहकार्यसँगै विदेशबाट आउने विदेशीहरुले मोवाइलको क्यूआरबाट भुक्तानी गर्नु सक्नु हुने छ । डिजिटल कार्ड र क्यास पैसा आवश्यक पर्दैन । साना पसलहरुले क्यान मेसिन राख्न सक्नु हुन्न मँहगो पनि रहेको छ । तर अब क्यूआर कोड मार्फत साना पसलले समेत भुक्तानी गर्न सक्ने छन् । विगतमा हामीले आन्तरिक रुपमा प्रयोग गर्दै आएको जस्तो क्यूआर मार्फत यो फोन पेबाट विदेशी नागरिकले पनि भुक्तानी गर्न सक्ने छन् । डिजिटल उद्योगमा भिसा एउटा आइकोनीक ब्राण्ड हो । भाषाको डाटा सुरक्षित हुन्छ । यता नेपालमा फोन पे को पनि छुटै स्थान छ । फोन पे डाटामा सुरक्षित छ । सुरक्षाका मापदण्डहरु अपनाएको छ ।’ 

क्यूआर कोडमा हुने कन्टेन्टमा भिसा नेटवर्कलाई इनेबल गरेपछि मात्रै चल्ने भएकाले अहिले भएका क्यूआर स्ट्यान्ड फेर्नुपर्ने अवस्था रहेको फोनपेले जनाएको छ । पछिल्लो समय नेपालका अधिकांश ठूला मोबाइल वालेट खल्ति, प्रभुपे, आइएमइ पे, इसेवालगायतलाई आफ्नो नेटवर्कमा भित्र्याउँदै आएको छ । आगामी दिनमा नेपाली बैंकहरुको आफ्नो मोबाइल बैंकिङ एपमा भिसा इनेबल गरेमा त्यसलाई पनि फोनपे नेटवर्कले सपोर्ट फोनपेले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved