पूर्णरुपमा संचालनमा आयो नेशनल पेमेन्ट स्विच अन्तर्गतको नेपालपे क्युआर, भुक्तानीमा थप सहजता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2022 | 04:53:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायमगर्ने गरी नेपालपे क्युआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ। उक्त नेपालपे क्युआरको औपचारिक थालनीको घोषणा आज नेपालपेले केही बैंक वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस मीट कार्यक्रमको आयोजना गरी गरेको हो। 

नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो। 

क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था गरेको  छ। यसरी अन्तर आबद्धता कायम गर्न सकिने हुँदा उक्त नेपालपे क्युआरले नेपालमा क्युआरबाट हुने भुक्तानीलाई थप प्रवर्दन र सहज गर्ने अपेक्षा गरिएको छ । 

हाल सम्म हिमालय बैंक, सानिमा बैंक,समृद्धि फाइनान्स लगायतका मोबाईल एपबाट क्युआर स्क्यान गरी कारोबार गर्न सकिने छ । सबै गरी यसमा  कुल १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् जसले सोझै यो सेवा प्राप्त गर्न सक्दछन्।

साथै नेपालपे क्युआर को पूर्वाधारमा हिमालय बैंक, एन.आइ.सी. एशिया बैंक, कामना सेवा विकास बैंक, समृद्धि फाइनान्स र फोकसवान सोलुसनस मार्फत क्युआर एक्वायरको कार्य पनि सुरु भइसकेको जनाईएको छ। 

हिमालयन बैंक र फोकसवान सोलुसन्स् बीचभने मर्चेन्ट स्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था मिलाईएकोे छ, जस अन्तर्गत एउटै क्युआर लाई स्क्यान गरी भिजा, युनियनपे अलिपे लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिनेछ। हाल उक्त बैंक वित्तीय संस्था र पीएसपी ले  नेपालपे क्युआर मा ५,००० भन्दा बढी मर्चेन्टहरु आवद्ध गरिसकेका छन् । 

नेपाल सरकारको राजस्व भुक्तानी समेत क्युआर बाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपालपे क्युआर थप गरिएको छ, जस अन्र्गत उक्त क्युआर स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्टआइपिएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ। 

नेशनल पेमेन्ट स्वीच अन्तर्गत विभिन्न सेवा तथा उपकरणहरु सञ्चालन गर्न एनसीएचएलले बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुसँग आवश्यक सहकार्यगर्दै आएको छ । जसका निम्ती ४० बैंक वित्तीय संस्था र ६ भुक्तानी सेवा प्रदायकले सम्झौता पनि गरिसकेका छन् भने अन्य संस्थाहरु पनि आबद्ध हुने क्रममा रहेका छन् र क्रमिक रुपमा सबै बैंक वित्तीय संस्थाहरु संचालनमा आउने क्रममा रहेका छन् । 

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्युआर लगायत भर्चुअल पेमेन्ट एडरेसको आधारमा गरिने फण्ड ट्रान्सफर नेपाल पे इन्स्ट्यान्ट, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे र सेवा बापतको भुक्तानी अन्तरआबद्धता, वालेट–टु–वालेट ट्रान्स्फर र पिएसओ सेटलमेन्ट जस्ता विभिन्न सेवा तथा उपकरणहरु उपलब्ध रहेका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved