सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2022 | 01:53:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुले ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्यका साथ यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ छ। 

यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ। ५००० प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नु पर्ने छ।

यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून्।” 

कसरी तिर्ने प्रिमियम ? 

'खल्ती' एप लग-इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने, 

“  सिटिजन लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने 

"DOB" र "Policy Number " भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्ने

अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved