माइपे डिजिटल वालेटले नेपालको सबैभन्दा ठूलो राइड कार्यक्रम गराउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 06:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 माइपे डिजिटल वालेटले नेपालको हालसम्मकै सबैभन्दा ठुलो राइड कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको राइड सेयरिङ्ग एप सजिलोको मुख्य प्रायोजनमा माईपेले राइड कार्यक्रम गर्न लागेको हो । 

माइपेका अनुसार भाद्र तेस्रो हप्ता एक दिनको लागि आयोजना हुन लागेको उक्त राइड कार्यक्रममा राइड गर्न मन पराउने एक सय भन्दा बढीको सहभागिता हुने छ । भक्तपुरको राधे राधे देखि धुलिखेलसम्म राइड हुने र उक्त कार्यक्रममा सहभागी हुने राइडरहरुलाई लाग्ने सम्पूर्ण खर्च आयोजक माईपे डिजिटल वालेटले व्यहोर्ने माईपेले जनाएको छ । 

माइपेका अनुसार कार्यक्रममा सहभागी हुन, माइपे डिजिटल वालेट डाउनलोड गरी राइडको फर्म भर्नुपर्ने छ । माइपे डाउनलोड गर्दा रिफर कोर्डमा ःMRBVLOGS राखी डाउनलोड गरी केवाईसी समेत भरेमा राइडको लागि योग्य हुने माइपेले जनाएको छ । राइडमा मोटरसाइकलको पछाडि राखेर साथी समेत लान सकिने छ र त्यसका दुवैको फर्म भरेको हुनुपर्नेछ । यसरी फर्म वा केवाईसी भरेका मध्येबाट राइडका लागि एक सय जना छनौट गरिने आयोजक मार्ईपेले जानकारी दिएको छ । 

डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धी जनाकारी गराउँने साथै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेले जनाएको छ । कार्यक्रममा नायिका स्वातिमा खड्का, नायक नीराजन प्रधान, युवा मोटो भ्लगर एमआरबीका साथमा अन्य कलाकारहरुको समेत उपस्थिती हुने आयोजक माइपेले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved