इसेवाले ल्यायो चाडपर्व लक्षित ‘मेरो यात्राको साथी’ अफर, टिकटिङमा आकर्षक क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 06:48:53 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइने इसेवाले जनाएको छ ।

इसेवाका अनुसार अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएका छन् । यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्नेछन् । यस अफर अन्तरगत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागिः थप ३% अथवा रु ३०० सम्म क्यासब्याक प्राप्त हुने छ ।जसका लागि प्रोमोकोड “NAYA”  प्रयोग गर्नुपर्ने इसेवाले जनाएको छ । यस्तै ३ वटा टिकट खरिद गर्दा थप रु १ सय ५० प्राप्त गर्न सकिनेछ । यसका लागि प्रोमोकोड थ्रिपावर(3power) उल्लेख गर्नुपर्ने इसेवाले जनाएको छ ।

इसेवाका अनुसार इसेवा मार्फत भदौ १६ गतेदेखि एक महिनासक्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।  इसेवा मार्फत होटल बुक गर्दा भदौ २२ र असोज १ गते १ बजेदेखि १ः३० बजेसम्म आधाघण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न  सकिनेछ । यस्तै भदौ १९, भदौ २२, असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले रु ५ हजार बराबरको होटलमा बस्न पाउनेछन् । यस्तै अफर अन्तरगत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।   यसैगरी अन्तराष्ट्र्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत अतथा रु २५ सय सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो अफर भदौ १६ देखि असोज १६ गतेसम्म लागु हुनेछ । सेवाग्राहीले दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्ने इसेवाले जनाएको छ । 

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved