स्मार्टचोइस टेक्नोलोजिजको दशैँ अफर: विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशत क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 08:13:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दसैं धमाका थ्री डी अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत एससिटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार एससिटी-यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफर मार्फत रू. १,२०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । रू. १,५०० बराबरको पोस कारोबारमा रू. ५०० र रू. ३,००० को कारोबार मा रू. १,००० क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३% सम्मको क्यास्व्याक प्राप्त गर्न सक्ने कम्पनीले प्रष्ट पारेको छ।

कम्पनीका अनुसार यो अफर असोज महिना भरि लागु हुनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved