ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आइएमई पे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2022 | 05:49:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्राफिक जरिवाना हाल आइएमई पे वालेट  मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीवीच छलफल भएको छ ।

प्रमुख व्यापार अधिकृत बस्नेतले उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र १ करोड ४० लाखभन्दा बढी वालेट प्रयोगकर्ताले १७ अर्ब रूपैँयाभन्दा बढीको कारोबार डिजिटल वालेटमार्फत गरेको तथ्याङ्क जानकारी गराए । उनले ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने पनि बताए ।

उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उदेश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताएकी छिन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved