भाटभटेनी सुपरमार्केटमा नेपालपे क्युआर मार्फत भुक्तानी गर्दा क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 09:29:04 AM मा प्रकाशित

laxmi  sunrise bank

भाटभटेनी सुपरमार्केटमा नेपालपे क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक उपलब्ध हुने भएको छ।  भाटभटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपालले क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु १०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने भएका हुन् ।

भाटभटेनीका अनुसार क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरुमा असोज ९ देखि २२ गतेसम्म उपलब्ध हुनेछ । डायनामिक क्युआर रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध नेपाल पे क्यु आरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट वा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने छन्।

भाट-भटेनीमा नेपालपे क्युआरको सेवा माछापुच्छे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको भाट-भटेनीले जनाएको छ।

नेपाल क्लियारिंग हाउस एनसीएचएलका अनुसार नेपालपे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल पे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ ।

भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको क्युआर स्क्यान स्क्रिनमा  नेपाल पे को लोगो रहेको यकिन गर्नुपर्ने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved