स्मार्ट च्वाईस टेक्नोलोजिज र शुलभ पेबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 02:31:03 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड(एससीटी) र शुलभ पे (एन क्याश वालेट) बीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा एससीटीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पेको तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले हस्ताक्षर गरेका हुन्।

उक्त कार्यक्रममा बोल्दै एससीटीका सिईओ भुजुले बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र शुलभ पेवीच भएको सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको बताए।

सम्झौता अनुसार शुलभ पे (एन क्याश वालेट) प्रयोगकर्ताले शुलभ पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन् भने शुलभ पे मार्फत बिभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्ने छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved