आईएमईको साधारणसभा सम्पन्न, आईपिओ ल्याउने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 05:48:16 PM मा प्रकाशित

laxmi  sunrise bank

रेमिट्यान्स कम्पनी आईएमईले आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको आज सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएको छ। 

यो संगै आइएमई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको बन्ने भएको छ। अव आइएमईले सर्वसाधारणका लागि छिट्टै प्राथमिक सेयर निष्कासन गर्ने छ। कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए। यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ ।

सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडी बढ्नेछ ।

साधारण सभामा संक्षिप्त मन्तब्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण रहेको स्मरण गराए। उनले सुरुवाति समयमा शुभचिन्तकहरुको सुझाव र सल्लाहकै वाबाजुद एउटा सानो स्केलमा स्थापना भई आज देशभर पुग्न सफल भएको बताए। 

त्यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए। 

साधारण सभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आइएमईका संचालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका हुन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved