आइएमई पे मार्फत टिकट काट्दा चन्द्रागिरी केवलकारमा छुट, रोमान्टिक कपल डिनरको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2023 | 12:07:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र चन्द्रागिरि हिल्सले फील द एयर नामक अफर सार्वजनिक गरेका छन् । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काटेमा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सक्ने छन्।

सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५% छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५०% छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने ) टिकट जित्ने मौका पनि पाइने कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ ।

साथै, यी दुई कम्पनीवीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउने कम्पनीले जनाएको छ। सो अफरको विजेताहरुको घोषणा एवम् सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सन्जालमा प्राप्त गर्न हुने कम्पनीले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved