डिस्कबर डाईनर्स र रुपे कार्डहरु एससीटीमा आवद्ध बैंकका एटीएममा प्रयोग गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 09:29:56 PM मा प्रकाशित

laxmi  sunrise bank

डिस्कबर डाईनर्स र रुपे कार्डहरु एससीटीमा आवद्ध बैंकका एटीएममा प्रयोग गर्न सकिने भएको छ । डिस्कबर फानान्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे  इन्टरनेसनल कार्डहरु एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएम हरुमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहुप्रतिष्ठित नेटवर्कहरुद्वारा जारी गरिएका कार्डहरु चलाउन मिल्ने भएको हो ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया द्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे  इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएम हरुमा प्रयोग गर्न सकिने भएको हो। यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएम मार्फत कारोबार गर्नलाइ सहज र सरल हुने आशा गरिएको कम्पनीले जनाएको छ। यो सुविधा छिट्टैनै एनएमबी  बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएम हरुमा पनि विस्तार गर्ने योजना राखिएको कम्पनीले उल्लेख गरेको छ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधा संगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई निकै सहज हुने आशा गरिएको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved