ईन्फोडेवलपर्स र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 10:45:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ईन्फोडेवलपर्स प्रा. लि. र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सम्झौता भएको छ  । ईन्फोडेवलपर्स सँग आबद्ध सहकारी संस्थाहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाहरु मार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोगगरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यताको सम्झौता भएको हो ।

सम्झौता पत्रमा ईन्फोडेवलपर्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

उक्त सहकार्यको सम्झौता पश्चात ईन्फोडेवलपर्सको कोर सिस्टम प्रयोग गरी रहेका विभिन्न सहकारी संस्थाहरुले आफ्ना क, ख र ग वर्गका बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सकिने र त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंक मार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरु गर्न सकिने व्यवस्था मिलाइने कम्पनीलेजनाएको छ । कम्पनीका अनुसार उक्त सेवाहरुलाई सहकारी संस्थाहरुले उपलब्ध गराएको मोबाईल बैंकिङ्ग एप मार्फत पनि विस्तार गर्न सकिने छ ।

विद्युत्तिय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समुहमा बैंकिङ्ग पहुँच पुर्याउन यस एनसीएचएल र ईन्फोडेवलपर्सको सहकार्याताले थप टेवा पुर्याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।     

ईन्फोडेवलपर्स प्रा. लि.ले सहकारी संस्थाका साथै विभिन्न सरकारी तथा अर्ध सरकारी, लघुवित्त, शेयर मार्केट लगायतका विभिन्न संस्थाहरुलाई कोर सिस्टम प्रदान गरी डिजिटल माध्यमबाट भुक्तानी कारोबारहरु गर्न मद्दत पुर्याउँदै आएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved