स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2023 | 11:13:19 AM मा प्रकाशित

laxmi  sunrise bank

 स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र माछापुच्छ्रे बैंकबीच बैंकद्वारा संचालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत  सर्जु कुमार थापाले हस्ताक्षर गरेका छन् ।

बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटवीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको  स्मार्टच्वाईस टेक्नोलोजिजले जनाएको छ।

 स्मार्टच्वाईस टेक्नोलोजिजका अनुसार यस सम्झौता पछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन् । इ. एम. भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने  स्मार्टच्वाईस टेक्नोलोजिजले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved