क्रिस्टल डाइग्नोस्टिकमा उपचारबापत आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 07:13:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई डिजिटलको आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

सो सम्झौता अन्तर्गत ग्राहकवर्गलाई आफ्नो स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी  आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने छ । पहिलो चरणमा छ महिनाको लागि यस्तो छुट उपलब्ध हुनेछ । 

क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त हुनेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved