एनसीएचएल फेरि जित्यो वित्तीय सेवा तर्फको पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2023 | 10:05:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) लाई वित्तीय सेवा तर्फको विधागत 'सर्टिफिकेट अफ मेरिट' प्रदान गरिएको छ। एनसीएचएलले गत आर्थिक वर्षको लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा चार्टड अकाउन्टेन्ट अफ नेपाल द्वारा संचालन गरिएको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो। 

अघिल्ला वर्षहरुमा पनि एनसीएचएलले चार्टड अकाउन्टेन्ट अफ नेपाल तथा साउथ एसियन फेडरेसन अफ नेपालबाट यस सम्बन्धि पुरस्कार प्राप्त गरिसकेको छ।  सन् २०१८ मा सोही अवार्डको सार्वजनिक क्षेत्रको विधा अन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा साफा उत्कृष्ट वार्षिक प्रतिवेदन अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” पनि प्राप्त गरेको थियो । यसैगरी सन् २०१९मा एनसीएचएललाई आइक्यान तथा बिपीए अन्तर्गत सोही विधामा पहिलो स्थानको पुरस्कार र साफाद्वारा तेश्रो स्थानको पुरस्कारले सम्मानित गरिएको थियो ।   

एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजरतर्पmकोप्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved