हिमालयन ब्रोक्रेज मार्फत हुने सेयर कारोबारको भुक्तानी इसेवाबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 04:10:10 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन ब्रोक्रेज मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने भएको छ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३)का अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन्। 

यसका साथै हिमालयन ब्रोक्रेजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क पनि इसेवा मार्फत गर्न सकिने कम्पनीले जनाएको छ। यस सम्झौताले लगानीकर्ताहरुलाई  हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने कम्पनीले उल्लेख गरेको छ। 

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved