नेपालपे क्युआरबाट बिगमार्टमा भुक्तानी गर्दा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 07:59:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अब ग्राहकहरुले नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १०% वा अधिकतम रु १०० सम्मको छुट प्राप्त गर्न सक्ने भएका छन् । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा माघ १ गतेबाट सिमित अवधिका लागि उपलब्ध हुने कनेक्टआइपीएसले जनाएको छ।

कम्पनीका अनुसार बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपाल क्युआरबाट भुक्तानी गर्दा छुटसंगै थुप्रै आकर्षक पुरस्कारहरु रहेका छन् । जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको उक्त ‘winter offer' हाल बिगमार्टको ८१ वटा भन्दा बढि स्टोरहरुमा उपलब्ध रहेका छन् । बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको DYNAMIC QR स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिनेछ । ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्नसक्नेछन् ।


NEPALPAY QR नेशनल पेमेन्ट स्वीच अन्तर्गत QR भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल - क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले NEPALPAY QR मा ४ लाख ६५ हजार र SMART QR को २ लाख ५० हजार समेत गरी ७ लाख १५. हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved