सातौँ वार्षिकोत्सव मनाउँदै खल्ती, ७७ रुपियाँ क्यासब्याक सहितका अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 10:41:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आज माघ १२ गते (२६ जनवरी) मा आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा माेबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले ईभेन्ट टिकटिङ देखि सरकारी सेवास‍म्मको काराेबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ।

सबै नेपालीका लागि वित्तीय समावेशीकरणकाे उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिएकाेमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाए, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेकाे छ।

निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारकाे करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबार द्वारा लाखाैँ प्रयाेगकर्ताहरूको जनजिवन सहज बनाईरहेकाे जनाएको छ।  साथै एक लाख भन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रतक्ष रूपमा खल्तीकाे डिजिटल भुक्तानि सेवा बाट लाभान्वित भईरहेको खल्तीले उल्लेख गरेको छ। आफ्नाे स्थापनाकाे छाेटाे अबधीमा नै‍ करिब ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट , ५० बढी  बैंक तथा वित्तिय संस्था र १५०० बढी सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको खल्तीले उल्लेख गरेको छ। 

खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि ISO २७००१:२०१३ प्रमाणिकरण गरेको छ भने हालै मात्र देशकै सबै भन्दा बढि डिजिटल भुक्तानि काराेबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि  सम्मानित भएको छ । 

खल्तीले आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वलेट मात्र नभई ‘ योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको जनाएको छ। यसका लागी खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण , खल्ती सुरक्षा , इभेन्ट टिकटिङ , भोटिङ , मुभी टिकटिङ , ‘खल्ती प्राे’ , ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको उल्लेख गरेको छ। आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने खल्तीले जनाएको छ। 

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्काले भने: “ सुरुवाती चरण देखि नै खल्ती सम्पूर्ण नेपालीहरूलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढाएको छ। आजको दिन , सात वर्षको यात्रा सम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको हाम्रो यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्था सम्म पुर्याउन सफल भएका छौँ । हामीले निजी क्षेत्र साथ साथै  सरकारी क्षेत्रका अधिकांश सेवाहरू पनि खल्तीमा उपलब्ध गराएका छौँ। अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले हामी त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नब‍भई लगानी तथा आफ्नाे वित्तिु‍य व्यवस्थापन गर्ने प्लेटफर्मकाे रुपमा स्थापित गर्न  विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ।” 

साताैँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघ देखि १८ माघ (७ दिन) काे अवधि भर पहिलाे बैकं लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई  रू ७७ काे क्यासब्याक को अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ।  यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै : खल्ती ब्यालेन्स , खल्ती पाेईन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन्।  ‘खल्ती जर्नी’ मा  १ देखि ७ वर्ष को शीर्षकमा  विभिन्न चरणमा विभिन्न कार्य ताेकिएकाे छ । सोही अनुसारकाे चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन्। भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भाेटिङ , दामी क्यु आर र  फ्री Free विड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष ईनाेभेसनहरूको चरण पार गर्न गर्दै रिवार्डकाे लाभ उठाउन सक्ने खल्तीले जनाएको छ। 

साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो ६ औँ वार्षिकोत्सव कै उपलक्षमा उपलब्ध गराएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved