आतिफ असलमको कन्सर्टमा खल्ती टिकटिङ्ग पार्टनर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 01:07:09 PM मा प्रकाशित

laxmi  sunrise bank

‘खल्ती’ ले आतिफ असलमको लाईभ म्युजिकल शो मा एक मात्र आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। तरिस ईन्टरटेनमेन्ट र एम् एन् प्राेडक्सन् सँग सम्झौता गर्दै काठमाडाैं म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज- आतिफ असलम को लाईभ शो मा खल्तीले बक्स अफिस देखि अनलाईन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको छ। 

 ‘काठमाडाैं म्युजिक फेस्टिभल २०२४’- चैत्र ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४  बजे सुरु हुन गई रहेको छ। खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट सजिलै खल्ती एप मार्फत खरिद गर्न सक्ने भएका हुन्।

आयोजकका अनुसार नेपाली नयाँ वर्षकाे अवसरमा हुन लागेकाे ‘काठमाडाैं म्युजिक फेस्टिभल २०२४’मा  आतिफ असलमको कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ । दुबै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved