क्रस बोर्डर भुक्तानीको लागि नेपाल र भारतको केन्द्रीय बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 11:34:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्यले द्विपक्षीय सम्झौता भएको छ । बिहिबार भारतको नयाँ दिल्लीमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शशिकान्त दासको उपस्थितिमा सम्झौता भएको हो ।

नेपाल र भारतबीच सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्नको लागि नेपालको नेशनल पेमेन्टस् इन्टरफेस (एनपीआई) र भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआइ) बीच सम्झौता भएको हो।

 नेपाल राष्ट्र बैंकका अनुसार यस सम्झौता अनुरुप नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानीको लागि द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गरिने छ। यस संयन्त्रको स्थापनापछि नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित रुपमा रेमिट्यान्स भुक्तानी सेवा उपलब्ध हुने रिजर्भ बैंक अफ इन्डियाले जनाएको छ। यस कदमले दुई देशबीचको  ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई सुदृढ गर्ने पनि रिजर्भ बैंक अफ इन्डियाले उल्लेख गरेको छ।

यस सेवा सुरु हुने मिति पछि घोषणा गरिने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved