वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्र्स (युएइ) जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा २ ट्राभलले पाएका छन् ।
नेपालस्थित युएइ दुतावासले याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्न अनुमति दिएको हो । योसँगै प्रहरी रिपोर्ट प्रमाणिकरण गर्न कामदार युएइ दुतावासमा जानुपर्ने बाध्यता हटेको छ । यूएई सरकारले गत फेब्रुअरी ४ देखि वैदेशिक रोजगारीका लागि यूएई जाने कामदारले प्रहरी रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने नियम लागु गरेको छ ।
दूतावासले ४ हजार ३ सय रुपैयाँमा पुलिस रिपोर्ट प्रमाणिकरण गर्दै आइरहेकोमा अब १ सय १३ रुपैयाँ अतिरिक्त शुल्क लाग्ने भएको छ । म्यानपावर व्यवसायीले नै संचालन गरेको ट्राभलले थप १ सय १३ रुपैयाँ लिएर प्रमाणिकरण गर्ने जिम्मा पाएपछि असन्तुष्टि समेत देखिएको छ । दूतावासले रिपोर्ट प्रमाणीकरणको नाममा आर्थिक भार थप्ने काम गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी सङ्घले पनि विरोध जनाएको छ ।