मलेसियामा दुई जना नेपालीमाथि एसिड प्रहार भएको छ । मलेसियामा कार्यरत नेत्र महतारा र बिष्णु महतारामाथि सुतिरहेका बेलामा बङ्गाली नागरिकले एसिड छ्यापेका हुन् ।
एसिड प्रहारबाट रामेछाप जिल्ला धोबि गाबिस वार्ड नम्बर १ धोबी घर भएका नेत्र महताराको उपचारको क्रममा मृत्यु भएको छ ।
उनको उपचारको क्रममा जोहर हस्पिटलमा मृत्यु भएको हो । घाइते बिष्णु महताराको जोहर अस्पतालमा उपचार भैरहेको छ ।