नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा शुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा हिराचनले ४० मत प्राप्त गर्दै कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष शेखर गोल्छाको समूहबाट मनोनयन दर्ता गराएका हिराचनले ४० मत पाउँदा उनका प्रत्याशी डी.बी. बस्नेतले ३१ मत पाएका छन् । निर्वाचनमा कुल ७१ मत खसेको थियो । ७२ जना निर्वाचित सदस्यहरु मतदाता रहेपनि जनकपूरबाट निर्वाचित भएका प्रतिनिधि भने उपस्थित भएनन् ।