भन्सार राजस्वलाई आम्दानीको मूल स्रोत मान्ने बानी नछोडेसम्म देश बन्दैनः उमेशलाल श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 05:34:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले भन्सारबाट संकलन हुने राजस्वलाई मात्रै आम्दानीको मूल स्रोत ठान्ने बानी नछोडेसम्म देश समृद्ध नबन्ने बताएका छन् ।

आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि बानी ब्यवहारदेखि राज्यका नीतिहरुसमेत सुधार हुनुपर्ने बताएका हुन् ।

‘पञ्चायती मानसिकता छ, पञ्चायत नामको बर्को त फालियो तर व्यवहार अहिलेसम्म गएन’ उनले भने, ‘यो मानसिकता परिवर्तन गर्नु जरुरी छ । राज्यका नीतिहरु नै उद्योग व्यवसाय मैत्री भएनन् । यीनका सुधार अत्यावश्यक छ ।’

उनले भन्सारमा आधारित अर्थतन्त्रको विकल्प भनेकै उत्पादनमुखी अर्थतन्त्र भएकाले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न भन्सारलाई राजस्वको मूल स्रोत मान्ने बानी हटाउनुपर्ने बताए ।

‘कच्चा पदार्थ र तयारी बस्तुमा एउटै खालको भन्सार दर हुन्छ, यो नै औद्योगिक विकासका लागि बाधक नीति हो’ श्रेष्ठले भनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved