निजी क्षेत्रका सुझाव सरकारले नसुन्दा अर्थतन्त्रमा गम्भीर समस्या: वरिष्ठ उपाध्यक्ष ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 06:28:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव सरकारले नमान्दा अर्थतन्त्रमा गम्भीर समस्या आएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित फ्लोरा एक्स्पो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले दिएका सुझावलाई गम्भीर रुपमा लिएर सरकारले कार्यान्वयन गर्न नसक्दा वर्तमान समस्या निम्तिएको बताएका हुन् । 

मुलुकको अर्थतन्त्रमा समस्या आउँछ भनेर समस्या आउन नदिन उपायसहित सरकारलाई ध्यानाकर्षण गराइएको भएपनि निजी क्षेत्रले दिएका सुझावलाई सरकारले प्राथमिकता नदिएको ढकालको आरोपछ । 

सरकारले आयातमा ६ महिना बढी प्रतिबन्ध लगाएपनि गाडीबाहेक सबै सामान अन्य बाटोबाट आउँदा सरकारले राजस्व गुमाएको र व्यवसायीले व्यवसाय गर्न नपाएको उनले बताए । आयातमा प्रतिबन्ध लगाएपनि गाडी र मोटरसाइकलबाहेक अन्य सामानहरु ‘ग्रे’ मार्केटबाट आउँदा सरकारले अर्बौं राजश्व गुमाएको वरिष्ठ उपाध्यक्ष ढकालको भनाई छ । 

उनले राजस्व संकलन घट्दा सरकारले कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्था सिर्जना भएको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved