इको प्यानल नेपालले गरायो आफ्ना कामदारको स्वास्थ्य परिक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2023 | 09:11:53 PM मा प्रकाशित

laxmi  sunrise bank

पेशागत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै भक्तपुरको इको प्यानल नेपाल प्रालिले भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको कारखानामै चिकित्सकलाई बोलाएर कर्मचारी तथा मजदुरहरुको निःशल्क स्वास्थ्य परीक्षण गराएको हो । 

कर्मचारी तथा मजदुरहरुको प्रेसर, सुगरलगायतको जनरल स्वास्थ्य परीक्षण गराएको हो । ख्वप अस्पताल च्याम्हासिंहका डा निर्जना वजिक्वले उनीहरुलाई सेवा दिएकी थिइन् । पेशागत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आफना कर्मचारी तथा मजदुरहरुलाई निःशुल्क स्वास्थ्य उपलव्ध गराएको सम्भबत यो भक्तपुरमै पहिलो निजी कम्पनी हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले कर्मचारी स्वस्थ्य भए मात्रै कम्पनी राम्रो हुने भन्दै सामाजिक उतरदायित्व अन्तर्गत कर्मचारी तथा मजदुरहरुको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको बताए । यो कामलाई आगामि दिनमा पनि निरन्तरता दिने उनले बताए । 

स्टाफ हेल्थ चेक अप क्याम्प (कर्मचारी स्वास्थ्य जाँंच क्याम्प) नाम दिइएको यो क्याम्पमा कर्मचारी तथा मजदुर गरी तीन दर्जनले स्वास्थ्य सेवा लिए  । कम्पनीको झोखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रहेको कर्र्पाेेरेट कार्यालयमा कार्यरत कर्मचारीहरुले पनि सेवा लिएका थिए। 

इको प्यानल नेपाल प्रालिले झौखेलको कारखानाबाट इको प्यानल उत्पादन गर्दै आएको छ । स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री नै इको प्यानल हो 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved